पार्टीलाई वैधानिक संकटबाट जोगाउन केन्द्रीय महाधिवेशनको कार्यतालिका तोकौं : पौडेल

प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल

नेपालगन्ज : नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई वैधानिक संकटबाट जोगाउन केन्द्रीय समिति बैठक डाकेर केन्द्रीय महाधिवेशनको कार्यतालिकाबारे निर्णय गर्नुपर्ने बताएका छन् ।
प्रेस युनियन बाँकेले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले बैठक डाक्न पार्टी सभापतिलाई बारम्बार कुरा गर्दा पनि नडाकेको बताए । उनले भने, ‘केन्द्रीय समितिको कार्यकाल चार वर्षको हुन्छ । असाधारण अवस्था भनेर थपिएको एक वर्ष पनि पूरा भएर अहिले साढे ५ वर्ष लाग्दैछ । अब पनि कार्यतालिकामा यताउता भए, पार्टीमा वैधानिक संकट आउँछ । संकटबाट जोगाउन पार्टी महाधिवेशन समयमै गर्नुको विकल्प छैन ।’ उनले १३औं महाधिवेशनमा झैं १४औं महाधिवेशनमा पनि आफू आफ्नो प्यानलको सभापतिको सर्वसम्मत् उम्मेदवार बन्ने दाबी गरे । तपाईकै प्यानलमा सभापतिका धेरै आकांक्षी रहेको भन्ने पत्रकारको जिज्ञासाको जवाफ दिँदै उनले साथीहरुबीच समझदारी मिलाएर एउटै उम्मेदवार हुने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *