पाल्पाकी एक महिलाले एकैपटक ४ छोरी जन्माइन्

पाल्पाको माथागढी गाउँपालिका-१ की सीता सार्कीले जन्माएका चम्ल्याहा छोरी । फोटो : सेतोपाटी डटकम

नेपालगन्ज : पाल्पाको माथागढी गाउँपालिका-१ की २४ वर्षीया सीता सार्कीले चम्ल्याहा छोरी जन्माएकी छन् ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा मंगलबार दिउँसो सार्कीले एकैपटक चार छोरीलाई जन्म दिएको मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए। शिशुहरूको तौल एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो एक सय ३० ग्राम र एक किलो एक सय १५ ग्राम छ । यी चारै शिशु स्वस्थ रहे पनि तौल कम भएकाले एनआइसीयुमा राखेर उपचार गरिरहेको गुरुङलाई उद्दृत गर्दै सेतोपाटी डटकमले समाचार लेखेको छ । साढे दुई किलोको शिशुलाई सामान्य मानिन्छ।