राजापुरका बाढी पीडितको गुनासो : प्रधानमन्त्री आए आश्वासन दिए, राहत आएन

राजापुर : बर्दियाको राजापुर क्षेत्रका बाढीपीडितहरुले सरकारले उपलब्ध गराउने भनेको राहत प्याकेज नपाएको गुनासो गरेका छन् ।
बाढी आएको तीन दिनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले घर नजिकै पुगेर राहतको उचित प्याकेज घोषणा गरिने बताएका थिए । तर, बाढी आएको ८ दिन बितिसक्दा समेत आफूहरुले अहिलेसम्म सरकारी राहतको प्याकेज पाउन नसकेको उनीहरुको दुःखेसो छ ।


‘बाढी पीडित नागरिकलाई परेको पीडालाई सम्बोधन गर्न कुनै कसर नराख्ने बताउँदै प्रधानमन्त्री देउवाले पीडितलाई राहतको उचित प्याकेज घोषणा गरिने बताएका थिए’, राजापुर ३ का बाढीपीडित रुपलाल थारुले भने ‘तर बाढी आएको ८ दिन बितिसक्दा पनि सरकारले दिने भनेको राहत के हो ? हामीले पाएका छैनौ ।’ प्रभावित क्षेत्रमा संघीय सरकारका साथै लुम्बिनी प्रदेश सरकारका विभिन्न मन्त्रीहरु पनि बेलाबेलामा अवलोकनका लागि आउने गरेका छन् तर सामान्य बाहेक राहत भने कसैले पनि नदिएको उनीहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *