राप्ती नदी किनारमा ५१११ द्वीप प्रज्ज्वलन

महादीपोत्सव कार्यक्रमले धपक्कै बलेको राप्ती नदी किनार । फोटो सौजन्य : भीष्म लोध

कम्दी : बाँकेको राप्ती नदी किनार सिधनियाघाटमा पाँच हजार एक सय ११ द्वीप प्रज्ज्वलन गरिएको छ ।
तिहारको अवसरमा बागेश्वरी सञ्चार सेवा प्रालिले बुधबार राति आयोजना गरेको महादीपोत्सव कार्यक्रमको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले शुभारम्भ गरेका थिए । एकैपटक धेरै दियो बलेपछि राप्ती किनार धपक्कै बलेको थियो । राप्ती किनारमा एकैपटकमा यति धेरै दियो बालिएको पहिलो पटक भएको आयोजक बागेश्वरी सञ्चार सेवाका अध्यक्ष बृजमोहन गुप्ताले दाबी गरेका छन् ।