लक्ष्मीको पूजा गरेर दीपावलीले घरघरमा झिलिमिली

नेपालगन्ज : तिहारको तेस्रो दिन बिहीबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएको छ ।

हिन्दु धर्मालम्वीहरुका घरमा दियो बालेर घर झिलिमिली पारिएको छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, संघार, कौसी, अटाली र भ-याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । आजैका दिनदेखि देउसी भैलो खेल्ने चलन पनि छ ।