तिहारमा गुल्जार नेपालगन्जको त्रिभुवन चोक (फोटो फिचर)

नेपालगन्ज : हिन्दुहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा नेपालगन्जको त्रिभुवन चोक गुल्जार बनेको छ । यम पञ्चक सुरु नहुँदैदेखि त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्मको सडकमा हाट बजार लागेको छ । सडकभरी फल, फूल, मिठाइलगायतका खाद्य सामग्री, माटोका भाँडाहरु लगायतका सामग्रीको बजार लागेको छ । हरेक वर्ष ठूला चाडपर्वमा यो बजार गुल्जार हुन्छ ।