भाइटीकाको साइत बिहान ११ बजेर २ मिनेटमा

नेपालगन्ज : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यो वर्ष भाइटीकाको उत्तम साइत आगामी शनिबार बिहान ११ बजेर २ मिनेटमा रहेको जनाएको छ। समितिका अध्यक्ष कृष्ण अधिकारीले बिहान ११ बजेर २ मिनेटदेखि ११ बजेर ७ मिनेटमा उत्तम साइत भएको बताए । सोही दिन साँझ सूर्यास्तसम्म टीका लगाउन सकिने उनले बताए ।