छठ पर्वमा अस्ताउँदो सूर्यलाई पूजा गरियो

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १२ मा छठ पर्माव अस्ताउँदो सूर्यलाई पूजा गरिँदै । फोटो सौजन्य : कुन्दनकुमार शाह

रमेशकुमार यादव । कम्दी
अस्ताउँदो सूर्यलाई पूजा आराधना गर्दै अर्घ दिएर बुधबार छठ पर्व मनाइएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठमा सूर्यदेवको आराधना उपासना र पूजा गरिन्छ।
सूर्यले सम्पूर्ण रोग मुक्त हुने र सुख शान्तिको लागि पूजा गारिन्छ। सूर्यपुराण अनुसार सर्वप्रथम अत्री मुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । आफ्नो पति प्रेम र सौभाग्य प्राप्त गरिन् । त्यति बेलादेखि सुरु भएको परम्परा सूर्यपुराण उल्लेख छ। जुन अहिले नेपालको तराईवासीले समेत मनाउने गरेका छन् ।