टीकापुरमा खुकुरी प्रहारबाट एक युवकको हत्या, ८ अभियुक्त पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा मंगलबार एक युवकको खुकुरी प्रहारबाट हत्या भएको छ ।
सिद्धार्थ होटेल नजिकै चक्कु प्रहारबाट २३ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरिएको हो । उनको हत्याको अभियोगमा बिहीबार प्रहरीमा ८ जनालाई पक्राउ गरेको छ । हत्याको आरोपमा लम्की चुहा नपा ३ बस्ने बर्ष २० का आर्यन देवकोटा, वर्ष २४ का महेश रावल, वर्ष २० को धीरज शाही, वर्ष २२ का कपिल श्रेष्ठ, टीकापुर नगरपालिका–१ बस्ने वर्ष २२ को प्रविन रिमाल, वर्ष २६ को सोहन शाह र वर्ष २१ को रोहित आलेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । घटनास्थल नजिकैबाट एक स्कुटर र मोटरसाइकल पनि नियन्त्रणमा लिइएको डीएसपी सापकोटाले बताए ।
केही दिन अघि मात्रै टीकापुर नगरपालिका–८ मा खुकुरी प्रहारबाट एक बालकको मृत्यु भएको थियो । योसँगै टीकापुरमा सुरक्षा चुनौती थपिँदै गएको स्थानीयले चिन्ता ब्यक्त गरेका छन् ।