‘प्रहरी मिलोमतो’मा बढ्यो तस्करी !

२ वर्षदेखि बन्द भजनी नगरपालिका-५ लालबोझीस्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको भजनी नगरपालिका-५ लालबोझीस्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय कोरोनाको कारण देखाउँदै २ वर्षदेखि बन्द हुँदा तस्करी मौलाएको छ ।
भजनीको कौवाखेडा , कालापातल , गुलरिया घाट, हिम्मतपुर कुसुमघाट र जसबहादुरघाट क्षेत्रबाट रातिको समयमा कपडा हार्डवेयरका सामान नेपाल भित्रिने गरेको छ । तस्करी बढ्नुमा शसस्त्र प्रहरी बल र नेपाल प्रहरीको संलग्नता रहेको स्थानीयको आरोप छ ।
करिब दुई बर्षदेखि छोटी भन्सार कार्यालय बन्द हुँदा नेपाल सरकारलाई वार्षिक रुपमा करोडौं घाटा भएको भजनी नगरपालिका–५ का वडा सदस्य टीकाराम भण्डारीले बताए । विगतमा छोटी भन्सारले मासिक रुपमा करिब १२÷१३ लाख राजस्व संकलन गथ्र्यो । खक्रौला भन्सार कार्यालयका सुब्बा दिलिप कुवँरले पृथ्वीपुर छोटी भन्सार सञ्चालन गर्न भन्सार विभागमा पत्राचार गरे पनि कुनै प्रतिक्रिया नआएको बताए । शसस्त्र प्रहरी र नेपाल प्रहरीका जिल्लादेखि डीआइजीसम्मका घुमुवाले समेत महिनावारी रुपमा रकम असुली गर्ने गरेको स्थानीयको आरोप छ ।