राप्तीसोनारीको साकार कृषि सहकारीको नेपालगन्ज र कोहलपुरमा तरकारी मार्ट खोल्दैै

नेपालगन्ज : बाँकेको राप्तीसोनारी गाँउपालिका–६ को साकार कृषि सहकारी संस्था लिमिटेडले नेपालगन्ज र कोहलपुरमा तरकारी मार्ट सञ्चालन गर्ने भएको छ ।
शुक्रबार नेपालगन्जमा सम्पन्न १०औँ साधारणसभामा अध्यक्ष मनोजकुमार मौर्यले किसानले उत्पादन गरेको तरकारी बजारीकरण गर्न तरकारी मार्ट स्थापना गर्न लागेको बताए । विभिन्न जातका तरकारी तथा खाद्यान्नहरुको बिउ उत्पादन तथा प्रशोधन र बजारीकरण गर्ने, बचत संकलन र कर्जा लगानी गर्ने, विभिन्न निकायको सहयोगमा ब्लक पकेट तथा जोन कार्यक्रम सन्चालन गर्ने, आलुप्याज मिसन कार्यक्रम लगायतका कार्यक्रमहरु सन्चालन गरेको मौर्यले जानकारी दिए ।
साधारणसभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले सहकारीहरु खुल्ने क्रम बढेको भए पनि व्यवस्थित हुन नसकेकाले सहकारीहरु व्यवस्थित गर्न ऐन, नियमावली ल्याउने तयारी गरिरहेको बताए । उनले भने, ‘परम्परागत ढंगभन्दा माथि उठेर सहकारीहरुलाई यान्त्रिकिकरण, व्यवसायमूखी र उत्पादनमूलक नबनाएसम्म सोचेको समाजवाद हासिल हुन नसक्ने बताए । मन्त्री खड्का प्रदेश बैंक स्थापनाको अवधारण अघि सारिएको र प्राकृतिक विपतमा परेकाहरुलाई सहयोग गर्नका लागि ‘उद्योग विकास कोष’ स्थापना भइसकेको मन्त्री खड्काले जानकारी गराएका थिए । साधारणसभामा प्रदेशसभा सदस्य कृष्णा केसी नमूना, जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले साकार सहकारीले जिल्लामा नमूना काम गरेको भन्दै प्रशंशा गरेका थिए ।