समाजवादी प्रेस संगठन बाँकेको संस्थापक अध्यक्षमा लोकनाथ

नेपालगन्ज : समाजवादी प्रेस संगठन बाँकेको संस्थापक अध्यक्षमा लोकनाथ शर्मा चयन भएका छन् ।
नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरुको शनिबार नेपालगन्जमा सम्पन्न भेलाले शर्माको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत् रुपमा चयन गरेको हो । संगठनको उपाध्यक्ष सुरज विक, सचिव रामु ओली, सह–सचिव ज्ञानुसंगम खड्का र हरि देवकोटा तथा कोषाध्यक्षमा रमेश क्षेत्री चयन भएका छन् । तुलवीर विश्वकर्मा, सागर देवकोटा र प्रकाश धामी कार्यसमिति सदस्य चयन भएका छन् ।