११ वैशाखमा ‘रारा म्याराथन’ हुँदै

नेपालगन्ज : आगामी ११ वैशाखमा लोकतन्त्र दिवसको अवसरमा रारा म्याराथनको आयोजना गरिने भएको छ ।

अन्तरालको आयोजना र व्यवस्थापनमा मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । रारा म्याराथनलाई खेलकुद पर्यटन र नेपाली भाषा, संस्कृतिको उद्गम थलो सिंजा(जुम्ला), कर्णाली प्रदेश र सिंगो पश्चिम नेपाल झल्किने गरी भव्यता दिइने अन्तरालका सञ्चार अधिकृत स्नेहा केसीले जानकारी दिइन् । कर्णाली प्रदेशको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्र बहादुर चन्दले बताए । ‘यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुनेछ, संयोजक चन्दले भने,‘खेलकुद विकास त मुख्य उद्देश्य हो । यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *