कोहलपुरकी ६४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

नेपालगन्ज : कोरोना संक्रमणबाट शनिबार बाँकेमा थप एक जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेजबहादुर वलीका अनुसार कोहलपुर नगरपालिका–११ की ६४ वर्षीया महिलाको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ४३ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ३३ जनाको मृत्यु भएको छ ।