काँग्रेस बर्दिया सभापतिमा राठौर

गुलरिया : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तगर्त बर्दियाको जिल्ला अधिवेशनबाट सभापतिमा अरुण प्रकाशसिंह राठौर विजयी भएका छन् । उनले प्रतिस्पर्धी भुवनेश्वर चौधरीलाई २ सय २ मतले हराएका हुन् । संस्थापन पक्षका राठौरले ८ सय ८० मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी पौडेल समूहका चौधरीले ६ सय ७८ मत पाएका थिए ।
जिल्लामा कूल १ हजार ५ सय ७८ मत खसेकोमा सभापतिसहित सबै पदमा राठौरकै प्यानल विजयी भएको छ । उपसभापतिमा गोविन्दप्रसाद थारु (८६०) र सोदे विष्ट (८५९) मत पाएर विजयी भए । यस्तै सचिवमा मीनराज चौधरी (८४७) र जग्गाप्रसाद पाण्डे (८२९) तथा सहहसचिवमा तिलकराम लम्साल (९५३) र मेकबहादुर गुरुङ (८९२) मत पाएर विजयी भए । यसअघि गत बिहिबार सम्पन्न निर्वाचनमा बर्दियाका दुबै संघीय निर्वाचन क्षेत्रमा पनि संस्थापन पक्षका उम्मेदवार निर्वाचित भएका थिए ।