माओवादी केन्द्रको ठाकुरबाबा नगर समितिको अध्यक्षमा ‘सुबोध’ निर्वाचित

भुरिगाउँ (बर्दिया) : माओवादी केन्द्रको बर्दियाको ठाकुरबाबा नगर समितिको अध्यक्षमा चित्रप्रसाद खनाल ‘सुबोध’ निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न दोश्रो सम्मेलनले सुबोधको नेतृत्वमा नगर पदाधिकारी र सदस्य सर्वसम्मत् रुपमा चयन गरेको हो । समितिको उपाध्यक्ष विण्णुबहादुर शाही, चक्रबहादुर भण्डारी र नेत्रराज आर्चाय, सचिव श्यामलाल थारु प्रतीक’, सह–सचिव सावित्रा थापा र कोषाध्यक्ष शम्भुप्रसाद थारू ‘साईनो’ चयन भएका छन् ।