डुडुवा टी-२० क्रिकेट : वडा नं. ३ र ६ विजयी

रमेशकुमार यादव । छग्रहवा
डुडुवा गाउँपालिकामा जारी टी-२० क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा वडा न ३ र वडा न ६ विजयी भएका छन् ।
पहिलो खेलमा वडा न ३ ले वडा नं. १ लाई १४ रनमा विजयी भएको थियो । पहिले व्याटिङ गरेको वडा नं. ३ ले २ ओभरमा १३३ रन बनाएको थियो । १३४ को लक्ष्य पूरा गर्न मैदानमा उत्रिएको वडा नं. १ ले सबै ओभरमा ११९ रन मात्र बनाएको थियो । दोस्रो खेलमा वडा नं. ५ ले वडा नं. ६ लाई १ रनले मात्र विजयी भएको थियो । वडा नं. ५ ले ५० रन जोडेको थियो ।

प्रतियोगितामा खेलाडीलाई प्रोत्साहन गर्न प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई नगद ५ सय रुपैयाँ र मेडल दिने सुरु गरिएको छ । स्थानीय चेतना महिला समूह अध्यक्ष नन्दा शाहीले आइतबार खेलाडीलाई नगदले पुरस्कृत गरेकी थिइन् ।