राप्रपामा बाँकेबाट ५ जना केन्द्रीय सदस्य निर्वाचित

नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा बाँकेबाट ५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । लिङ्देन प्यानलबाट ३ जना र थापा प्यानलबाट २ जना केन्द्रीय सदस्य विजयी भएका हुन् ।
राप्रपा महाधिवेशन निर्वाचन समितिले सार्वजनिक गरेको सूचीमा बाँकेबाट पूर्वमन्त्री फत्तेसिंह थारु र युवा नेता ऋषिराज देवकोटा खुल्ला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । मधेसी खुल्ला केन्द्रीय सदस्यमा ओमप्रकाश आजाद, खुल्ला केन्द्रीय सदस्यमा पवित्रा सुब्बा श्रेष्ठ, मीनाकुमारी श्रेष्ठ पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।