धान बिक्रिका लागि कुपन लिन आएको भिडले ज्ञान केन्द्र बाँकेको गेट तोडफोड

नेपालगन्ज : धान बिक्रिका लागि कुपन लिन कृषि ज्ञान केन्द्र बाँकेमा पुगेका कृषकले ज्ञान केन्द्रको मुख्य गेटको ढोका तोडफोड गरेका छन । कुपन लिन बिहान सबेरै गएपनि ११ बजेसम्म पनि वितरण नगरी ढोका बन्द गरिएको भन्दै उत्तेजित भिडले ढोका तोडफोड गरेको हो ।


धान विक्रिका लागि कृषि ज्ञान केन्द्रको सिफारीसका आधारमा कुपन वितरण गरिन थालेपछि कुपन पाउन किसानले निकै सास्ती झेल्नु परेको छ । खाद्य कम्पनीमा धान खरिद कार्य सहज बनाउन सोमबार प्राथमिक खरिद समितिको बैठकले कृषि ज्ञान केन्द्र बाँकेको सिफारीसमा कुपन वितरण गरिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा ज्ञान केन्द्र बाँकेले मंगलबार एक सुचना जारी गरी धान बेच्न चाहने कृषकलाई शुक्रबार देखि कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको थियो । कुपन वितरण हुने सूचना पाएका किसानहरु आज (शुक्रबार) बिहान ५ बजेदेखि कृषि ज्ञान केन्द्र बाँकेमा लाईन लागेका थिए ।


कृषकको भिड बढ्दै जाँदा समयमै कुपन नपाएको भन्दै हो हल्ला हुनुका साथै उत्तेजित भिडले कार्यालयको गेट समेत तोडफोड गरेको छ ।
उत्तेजित भिड बढदै जाँदा दिनभरी कृषि ज्ञान केन्द्र बाँकेमा तनाव भएको थियो । भिड नियन्त्रण गरी कुपन वितरण गर्न प्रहरी परिचालन समेत गर्नु¥यो । अहिले प्रहरीको सहयोगमा अनियन्त्रीत भिडलाई लाईन लगाएर कुपन वितरण भईरहेको छ भने कुपन पाएका कृषकले भोलिदेखि आवश्यक कागजात सहित कार्यालयवाट सिफरीस लिएर धान बेच्न पाउने ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताए ।