बर्दियामा लागु औषध मुद्दाको फरार प्रतिवादी पक्राउ

गुलरिया : बर्दियामा लागु औषध मुद्दामा फरार रहेका एकजना प्रतिवादी बर्षदिन पछि पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीका अनुसार लागु औषध मुद्दामा २ महिना २५ दिन कैद सजाय तोकिएका गुलरिया–४ का केशब गुरुङ एकबर्ष पछि पक्राउ परेका हुन । जिल्ला अदालत गुलरियाको २०७७ फागुन १५ गतेको फैसलाले गुरुङलाई उक्त सजाय तोकिएको थियो । अदालतको फैसला पछि फरार भएका उनलाई शुक्रबार गुलरिया ६ बाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक शाहीले जानकारी दिए ।