खेलकुद मन्त्री अथकद्वारा दाङका खेल संरचनाको अनुगमन

घोराही : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले दाङमा रहेका खेल पूर्वाधारको निरीक्षण गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषदको प्रतिनिधिसहित बेलझुण्डी रंगशालाको निरीक्षणमा मन्त्री अथकले बेलझुण्डी र रामपुरमा रहेका खेल पूर्वाधारहरूको निरीक्षण गरेका हुन् । राज्यको करोडौं लगानीमा तयार भएका खेल संरचना संरक्षण अभावमा जीर्ण हुने अवस्थामा पुग्नु दुस्खद भएको बताउँदै मन्त्री अथकले सम्बन्धी स्थानीयले नै संरक्षणका लागि अपनत्व लिनुपर्नेमा जोड दिए । निर्धारित समयमै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्न आवश्यक तयारी सुरू भईसकेको बताउँदै मन्त्री अथकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका पुर्वाधारको मर्मत सम्भार तथा थप नया पुर्वाधार निर्माणकालागि आवश्यक बजेट बिनियोजन गरिने बताए ।
अनुगमनका क्रममा मन्त्री अथकले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताकालागि निर्माण गरिएका खेल संरचनाका साथै दाङ जिल्ला क्रिकेट संघको कार्यालय, घोराही कभर्ड हल, राष्ट्रिय खेलकुद परिषदको कार्यालय तथा कार्यालयसँगै रहेको रंगशालाको सिन्थेटिक ट्रयाकको समेत अनुगमन गरेका थिए ।