८ दिनमा २७८ क्वीन्टल धान मात्र खरिद !

नेपालगन्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले गुणस्तरीय धान नपाएर ८ दिनमा झन्डै २७८ क्वीन्टल धान मात्र खरिद गरेको छ ।
कार्यालयका बरिष्ठ सहायक अनिलकुमार महतोका अनुसार आइतबारसम्म मध्यम धान १४७.४० किलो र मोटा धान १३०.५० क्वीन्टल गरी २७७ क्वीन्टल ९० किलो धानम मात्र खरिद गरेको हो । २६ मंसिरमा २९ क्वीन्टल ४० किलो धान खरिद गरेर धान किन्न थालेको कम्पनीले सबैभन्दा बढी धान आइतबार ८६ क्वीन्टल किनेको छ । यो वर्ष २५ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य छ ।