अनेरास्ववियु महेन्द्र क्याम्पस अध्यक्षमा खत्री र सचिवमा विक

नेपालगन्ज : अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा माधव खत्रीको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको छ ।
मंगलबार सम्पन्न सम्मेलनले अध्यक्षमा खत्री, उपाध्यक्ष कल्पना थापा, सचिव डम्बर विक, सह-सचिव चिरन्जिवी बुढा,चन्द्रमनी पोखरेल, वर्षा मल्ल, तथा कोषाध्यक्षमा समीर सुनारलाई सर्वसम्मत चयन गरेको हो ।
अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज मोहित शाहको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मेलन मा नेकपा एमाले बाँके का पार्टी सचिव रत्न खत्री, एमाले नेपालगन्ज नगर कमिटी अध्यक्ष दत्त आचार्य, अनेरास्ववियु केन्द्रिय सदस्य सुमन घिमिरे, अनेरास्ववियु बाँके सचिव प्रकाश विश्वकर्माको सहभागिता रहेको थियो ।