बागेश्वरीमा उल्लासमय शिवरात्रि (फोटो फिचर)

नेपालगन्ज : बागेश्वरी मन्दिर नेपालगन्ज परिसरमा रहेको एक मात्र जुँगे महादेवको मन्दिरमा यो वर्ष उल्लासमय रुपमा महाशिवरात्रि पर्व मनाइएको छ । बागेश्वरी मन्दिर परिसरमा तलाउको बीचमा रहेको जुँगे महादेवको मन्दिरमा दर्शन गर्नका लागि बिहानैदेखि भक्तजनहरुको लाइन लागेको थियो । बागेश्वरी मन्दिरमा दर्शनार्थीको घुँइचो थियो ।