‘गाउँको सिंहदरबार’ले डोजर लगाएर भत्कायो ६ गरीबको घर

रमेशकुमार यादव । रामनगर पांझा
बाँकेको डुडुवा गाउँपालिकाले २७ वर्षदेखि गरीब जनताले भोगचलन गरेको जग्गामा बनाएका ६ वटा घर डोजर लगाएर भत्काएको छ ।
डुडुवा गाउँपालिका २ रामनगर पाँझाका सुन्दरलाल लोनिया, लक्षिराम लोनिया, शालिकराम लोनिया, बराती लोनिया, धनीराम चाई, माताप्रसाद गोडिया लगायतका ६ घर जेसीबी लगेर कुनै सूचना एकासी बलपूर्बक भत्किइएको हो । वडा अध्यक्ष रिखिराम कैयातीको नेतृत्वमा घर भत्काएर दुई टेक्क्टर बला खामासमेत लोड गरेर लगेको पीडित परिवारले दुःखेसो गरेका छन् ।
यो जग्गा उनीहरुले ०५१/५१ सालदेखि नै भोग चलन गरिरहेका छन् । साबिकको बेताहनी गाउँ विकास समितिले एेलानी रसिद दिएको थियो। वडा अध्यक्ष कैरातीले गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीको आदेशले भत्काइएको बताएका छन् । वडा सदस्य विनोद लोनिया र इज्दुदिन खानले घर भत्काउने विषयमा वडा र गाउँपालिकाले कुनै निर्णय गरेकोबारेमा आफूहरुलाई जानकारी नभएको बताएका छन् । उनीहरुले गरीबको घर भत्काएर सास्ती दिएको भन्दै दुःख व्यक्त गरेका छन् । मंगलबार घर भत्काइएको क्षेत्रको नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य जगदीशबहादुर सिंहले स्थलगत अवलोकन गर्दै मानव अधिकारको हनन् भएको बताएका छन् । उनी भन्छन्, ‘घर भत्काउने कार्य गलत हो । दोषीलाई कडा सजाय हुनुपर्छ ।’

सुन्दरलाल लोनियाको २ बिघा १५ कठ्ठा जग्गामा जनप्रतिनिधिहरुले २०७४ सालमा जबरजस्ती १४ जनालाई घर निर्माण गर्न लगाएका थिए । बाकी रहेको जग्गामा घर निर्माण गरे पनि अहिले फेरि घर जबरजस्ती सत्ताको बलमा घर भत्काइएको हो । पीडितहरु भन्छन्, ‘छिमेकीको घर भत्किएको थिएन । हाम्रो मात्र किन भत्काइयो । यो कस्तो न्याय हो ? सत्ता भएपछि जे पनि गर्न पाइन्छ । जिके तढिया खाउ वहिमा छेद खरो भनेको जसलाई अध्यक्ष बनैयो तेहि हामी माथी दमन गरे।’