नियन्त्रणमा लिएको नरभक्षी बाघलाई चितवन पठाइयो

नरभक्षी बाघलाई नियन्त्रणमा लिइँदै । फोटो : केसी नमूनाको फेसबुकबाट

नेपालगन्ज :  बाँकेको राप्तीसोनारीबाट बुधबार नियन्त्रणमा लिएको नरभक्षी बाघलाई साँझ चितवन पठाइएको छ । बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाहका अनुसार साँझतिर बाघलाई चितवन राष्ट्रिय निकुञ्ज पठाइएको राष्ट्रिय प्रकृति संरक्षण कोषको टोेलीले बुधबार बिहान बाघलाई डार्ट गरेर नियन्त्रणमा लिएको थियो ।