महेन्द्र क्याम्पसमा प्राध्यापक र विद्यार्थीबीच मैत्रीपूर्ण फुटबल
नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक र विद्यार्थीबीच बिहीबार मैत्रीपूर्ण फुटबल आयोजना गरिएको छ ।
प्राध्यापक र विद्यार्थी समूहबीच खेल बराबरीमा टुंगिएको छ । प्राध्यापक समूहबाट क्याप्टेन जेन्टिल गौतम र मर्मजंग बमले एक एक गोल गरेका थिए । ती गोलका लागि गोकर्णबहादुर शाही र मदन पौडेलको सहकार्य लोभलाग्दो थियो । प्राध्यापक समूहका गोल किपर राजेन्द्र ढकालले विद्यार्थी समूहको धेरै प्रहारलाई गोल हुनबाट जोगाएका थिए । यद्यपि गणेश रावत र पूरनप्रसाद उपाध्यायले एक एक गोल गरेर मैत्रीपूर्ण खेललाई बराबरीमा रोकेका थिए । क्याम्पसको व्यवस्थापन संकाय अन्तर्गत सञ्चालित वीवीएस तथा वीवीएले क्याम्पसमा खेलकुद सप्ताह जारी छ । १२ फागुनमा क्याम्पस प्रमुख लालमणि आचार्यले खेलकुद सप्ताहको उद्घाटन गरेका थिए ।