कांग्रेस बाँकेको सभापतिमा गौडेल निर्वाचित
नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल निर्वाचित भएका छन् ।
संस्थापन पक्षका उम्मेदवार बादसाह कुर्मीलाई ९७ मतान्तरले पराजित गर्दै कोइराला पक्षका गौडेल सभापतिमा निर्वाचित भएका हुन् ।
गौडेलले ७ सय ६० मत ल्याउँदा कुर्मीले ६ सय ६३ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । सभापतिको दोस्रो चरणको मतदानमा कुल १ हजार ४ सय ३९ मत खसेको थियो भने मतदानमा १६ मत बदर भएको छ ।
पहिलो चरणको निर्वाचनमा नारायणप्रसाद गौडेल, बादशाह कुर्मी र सुरेन्द्रबहादुर हमाल बिच प्रतिष्पर्धा भएपनि मतदानमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि शुक्रबार पुनः दोस्रो चरणमा मतदान भएको हो । पहिलो चरणमा सभापति पदका उम्मेदवारहरु गौडेलले ५६९, कुर्मीले ५३८ र हमालले ३१४ मत प्राप्त गरेका थिए ।