थारु पत्रकार संघ बाँकेको अध्यक्ष हेमन्त चौधरी

नेपालगन्ज : थारु पत्रकार संघ नेपाल बाँकेको अध्यक्ष पत्रकार हेमन्त चौधरी निर्वाचित भएका छन् । उनी नेपाल पत्रकार महासंघ बाँके शाखाको सह–सचिव पनि हुन् । बाँकेको राप्तीसोनारीमा बुधबार सम्पन्न चौथो अधिवेशनबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा कृष्ण चौधरी, सचिवमा जागेश्वर थारु, सह–सचिवमा सुविता थारु, र कोषाध्यक्षमा निर्मला थारु चयन भएका हुन् । राजकुमार थारु, रुपा थारु, रमेश थारु रीता थारु सदस्य भएका छन् ।