खजुरा रनिङ शिल्डमा जनता नमूूना मावि प्रथम
नेपालगन्ज : खजुरा गाउँपालिका चौथो अन्तर विद्यालय मेयर रनिङ शिल्डमा जनता नमूना मावि सन्तकुटी प्रथम भएको छ ।
खजुरा गाउँपालिका–२ गौघाट स्थित योगिनी माविमा भएको प्रतियोगितामा ज्ञानोदय नमूना मावि खजुरा दोस्रो र आदर्श मावि डीगाउँ तेस्रो भएका छन् । प्रतियोगितामा प्रथम भएको जनताले २१ अंक, ज्ञानोदयले १४ र आदर्शले १० अंक प्राप्त ग¥यो । रनिङ शिल्डमा खजुराका १७ विद्यालयको सहभागिता रहेको थियो ।