नेपालगन्जको उल्लासमय होली (फोटो फिचर)

नेपालगन्ज : यो वर्ष नेपालगन्जमा होली पर्वको उल्लास देखिएको छ ।
कोरोना कहरको दुई वर्षपछि शुक्रबार नेपालगन्जका चोक चोकमा धुमधाम साथ होली मनाइएको थियो ।
नगरको त्रिवेणी मोड, त्रिभुवन चोक, रामलीला मैदानलगायतका थुप्रै चोकहरुमा डिजे बजाएर होली खेलिएको थियो । कोरोनाका कारण दुई वर्ष त होली मनाउन पाइएको थिएन । यो वर्ष नगरमा असम्बन्धित व्यक्तिलाई लोला हानेको र रंग दलेको भने देखिएन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुधन न्यौपानेले बढी होहल्ला गर्ने आठ दश जना व्यक्ति र तीस पैतीस वटा मोेटरसाइकल नियन्त्रणमा लिएर जरिवानापछि छोडेको बताए । उनले भने, ‘कुनैै अप्रिय घटना घटेका छैनन् । अत्यन्तै सौहार्दपूर्ण रुपमा होली सम्पन्न भएको छ ।’