बाँकेमा पत्रकार महासंघ र पत्रकारका संघसंगठनको भव्य होली

नेपालगन्ज : नेपाल पत्रकार महासंघसहित पत्रकारका संघ संगठनले भव्य रुपमा बाँकेमा होली मनाएका छन् ।
पत्रकार महासंघ बाँके शाखाले नेपालगन्ज ४ सञ्चारग्रामस्थित कार्यालय परिसरमा होली कार्यक्रम आयोजना गरेको थियो । अध्यक्ष दामोदर भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य विश्वराज पछल्डंग्या, सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय सदस्य हेमन्त बिक, नेपाल बारका प्रह्लादबहादुर कार्की, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, बरिष्ठ पत्रकार कृष्ण अधिकारी लगायतले होलीको शुभकामना दिएका थिए । त्यसपछि सौहार्दपूर्ण रुपमा पत्रकारले होली खेलेका थिए ।

त्यस्तै, नेपाल प्रेस युनियनले नेपालगन्जको गणेशपुर रोडको कार्यालय परिसरमा होली मिलन कार्यक्रम गरेको थियो भने अवधी पत्रकार संघले पनि नेपालगन्जमा होली मिलन कार्यक्रम आयोजना गरेको थियो । समाचार संकलनसँगै पत्रकारहरु होली कार्यक्रममा सहभागी भएका थिए ।