गाभर भ्यालीमा शनिबार तेस्रो राष्ट्रिय होमस्टे सम्मेलन र मौलिक भोजन मेला हुँदै
गाभर (बाँके) : बाँकेको गाभर भ्यालीमा बिहीबार तेस्रो राष्ट्रिय होमस्टे सम्मेलन र मौलिक भोजन मेला हुँदैछ ।
देशैभर सञ्चालित होमस्टेमध्ये ६०० जनाको सहभागितामा ३ दिने तेश्रो राष्ट्रिय होमस्टे सम्मेलन-२०७८ हुन गइरहेको हो ।
भाषा, धर्म, संस्कार संस्कृति, प्रकृति, जैविक विविधता, वन वन्यजन्तु, प्राकृतिक श्रोत साधन संरक्षण गर्दै होमस्टे सञ्चालन गरिएका छन् । होमस्टे एशोसिएन नेपाल नेपालका महासचिव प्रेमशंकर मर्दनीया थारुका अनुसार देशका ६८ जिल्लामा सामुदायिक १००० र निजी ३०० र गरी एक हजार ३०० वटा भन्दा बढि संस्थागत होमस्टे सञ्चालन गरिएका छन् । ७०० वटा संस्थागत होमस्टेहरु एशोसिएसनमा आवद्ध भएका छन ।
त्यसैगरी बिहीबारदेखि नै गाभर भ्यालीमै मौलिक भोजन मेला हुँदैछ ।मौलिक भोजन मेला आयोजक मूल समितिका संयोजक कृष्ण चौधरीका अनुसार लुम्बिनी प्रदेश अन्तरर्गतका समुदाय विशेष मौलिक (रैथाने) खाना-परिकारहरुको जर्गेना र भोजन पर्यटन प्रवद्र्धनमा टेवा पु-याउनुका साथै समुदायको जीविकोपार्जनमा सुधार ल्याउने र समुदाय विशेष मौलिक खाना परिकार र खाना संस्कृतिहरुको अध्ययन गरी अभिलेखिकरण गर्ने रहेको छ ।