पत्रकार महासंघमा १५ दिने आधारभूत पत्रकारिता तालिम सुरु

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले १५ दिने आधारभूत पत्रकारिता तालिम सुरु गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित पत्रकारिता तालिमको उपमहानगरपालिका प्रवक्ता प्रमोद रिजालले शुभारम्भ गरेका छन् ।
नेपालगन्ज–१ का वडा अध्यक्षसमेत रहेका रिजालले स्थानीय सरकारले गरेका राम्रा कामलाई राम्रो र नराम्रो काममा मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिए । महासंघ बाँके शाखा उपाध्यक्ष करुणा शाहको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, महासंघका सल्लाहकार तथा प्रेस सेन्टरका अध्यक्ष डक्टप्रसाद धिताल, प्रेस चौतारी नेपाल बाँके शाखा अध्यक्ष दुर्गा रोकाय र तालिमका प्रशिक्षक अन्नपूर्ण पोस्ट् दैनिकका उप–सम्पादक शंकरप्रसाद खनालले तालिम सफलताको कामना गरेका थिए । तालिममा २५ जनाको सहभागिता रहेको छ ।