नेपालगन्जमा सामुदायिक कुकुरको बन्ध्याकरण !

शिरीष रेग्मी । नेपालगन्ज
नेपालगन्ज उपमहानगरपालिकाले यो वर्ष पनि सामुदायिक कुकुरहरुको बन्ध्याकरण सुरु गरेको छ ।
एनिमल नेपाल ललितपुरको सहकार्यमा उपमहानगरपालिकाको पशु सेवा शाखाले आइतबारदेखि सुरु भएर आगामी २१ चैत्रसम्म कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको हो ।
रेबिज रोग नियन्त्रणका लागि बाटोमा हिंड्ने सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण गरि तिनीहरुको अनियन्त्रित जनसंख्यालाई घटाएर वातावरण अनुकुल बनाउने अभियान सञ्चालन गरेको प्राविधिक टिमका इन्चार्ज मोहन महर्जनले जानकारी दिए । उनले भने, ‘नगरका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका सामुदायिक कुकुरलाई नेपालगन्जको रामबागमा बन्ध्याकरण गरि उनीहरुलाई पुनः सोही सडकमा छोडिनेछ ।’ उपमहानगरपालिकाले केही वर्षदेखि सामुदायिक कुकुरको बन्ध्याकरण गरिरहेको छ ।