प्रधानमन्त्री देउवाद्वारा भारतसमक्ष नेपालगन्जसहित ३ वटा हवाई रुट उपलब्ध गराउन माग

नेपालगन्जः प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसमक्ष नेपालगन्जसहित तीन वटा हवाई रुट उपलब्ध गराउन माग गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्वीपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा कुराकानी भएको बताए । ‘हामीले नागरिक उड्डयनको विषयमा पनि छलफल गरेका छौं । हामीले नेपालको आग्रहअनुसारको नेपाल प्रवेशको थप हवाईमार्ग माग गरेका छौं । नेपालगन्ज, महेन्द्रगन्ज र जनकपुरबाट माग गरेका छौं । भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनका लागि सहयोगका लागि आग्रह गरेका छौं,’ देउवाले भने ।