नेपालगन्ज रंगशाला बन्यो नेपाली राष्ट्रिय झण्डामय (फोटो फिचर)

नेपालगन्ज : अन्तरालले बिहीबार नेपालगन्ज रंगशालालाई नेपाली राष्ट्रिय झन्डामय बनाएको छ ।

बास नेपालको संयोजनमा अन्तरालले नेपाली राष्ट्रिय झन्डा महोत्सव तथा सातौं झण्डा दिवस मनाउन रंगशालामा नेपाली राष्ट्रिय झन्डाको प्रदर्शन गरेको हो । नेपाली राष्ट्रिय झन्डा महोत्सवका परिकल्पनाकार तथा अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले नेपाली झण्डाबारे जनस्तरमा जानकारी गराउने उद्देश्यले विगत ७ वर्षदेखि नयाँ वर्षकै दिन झण्डा दिवस मनाउन थालिएको बताए । बास नेपालले देशका ७७ वटै शाखामा राष्ट्रिय झन्डा दिवस मनाएको केन्द्रीय अध्यक्ष लुना बुढाथोकीले जानकारी दिइन् ।