१४ वर्षीया बालिका बलत्कारको अभियोगमा टीकापुरमा एक युवा पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा बलत्कारको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका वडा न ं. ६ नारायणपुरका वर्ष २२ को राहुुल भन्ने लछानु चौधरी पक्राउ परेका छन । चौधरीले १४ वर्षिया बालिकालाई गत कार्तिक महिनामा करणी गरेको र े पेटमा गर्भ समेत रहन गएको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालयले पक्राउ गरेको डीएसपी हेमबहादुर शाहीले जानकारी दिए । अभियुक्त चौधरी घरमै लुकीछिपी बसेको अवस्थामा पक्राउ परेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।