लागूऔषधको जालो भत्काउन टीकापुरका पूर्वलागूऔषध प्रयोगकर्ता प्रहरीलाई सघाउँदै

मानबहादुर ठकुल्ला । टीकापुर
लागूऔषधको दूव्र्यसन र कारोबार रोक्न पूर्वप्रयोगकर्ताले टीकापुर प्रहरीलाई सघाउने भएका छन् । विगतमा साथीको लहलहैमा लागेर लागूऔषध दूव्र्यसनको शिकार भएका युवाहरुले आफूले भोगेका समस्या अरु युवा पुस्ताले भोग्न नपरोस् भनेर सघाउने प्रतिबद्धता जनाएका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका डीएसपी हेमबहादुर शाही टीकापुर क्षेत्रको लागूऔषधको जालो भत्काउनका विभिन्न कार्यक्रम गरिदै आएका छन् । उनले टीकापुर क्षेत्रमा रहेका सुधार गृह तथा पुनःस्थापना केन्द्रको अनुगमनको गर्नु साथै सो पुनः स्थापनामा रहेका लागूऔषधमा फसेका युवासँग अन्तरक्रिया समेत गरेका छन् । टीकापुरमा दुई वटा पुनः स्थापना केन्द्र छन् । डीएसपी शाहीले टीकापुरमा रहेका आशा किरण पुनःस्थापना केन्द्र , नवजीवन पुनःस्थापना केन्द्र र साहारा पुनःस्थापना केन्द्रमा अनुगमन र प्रशिक्षण दिएका छन् । उनले लागूऔषध दुव्र्यसनीमा फसेका व्यक्तिलाई लागूऔषधको प्रयोगबाट हुनसक्ने असरहरु र दुव्र्यसनबाट कसरी मुक्ति पाउने उपायहरुको बारेमा प्रशिक्षण दिएका छन् ।