नेपालगन्जको मेयर कांग्रेस र उप-मेयर जसपालाई भागवण्डा (सहमति-पत्रसहित)

नेपालगन्ज : सत्ताधारी दलले स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरतर्फ १७ वटा पालिकामा गठबन्धन गर्ने सहमति गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले बालुवाटारमा बुधबार बसेको सत्ताधारी दलका शीर्ष नेताहरुको निर्णायक बैठकले नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख नेपाली कांग्रेसको र उप–प्रमुख जनता समाजवादी पार्टीको भागवण्डा गर्ने सहमति गरेका हुन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेको सहमति पत्र सार्वजनिक भएको छ । जसमा कांग्रेसले काठमाडौं, ललितपुर र विराटनर ३ महानगरको प्रमुख र वीरगञ्ज, भरतपुर र पोखराको उप–प्रमुख पाउनेछ । त्यसैगरी धरान, इहटरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढी उमहानगरको प्रमुख र जितपुर सिमरा, घोराही र हेटौंडाको उपप्रमुख कांग्रेसले पाएको छ । भएको छ।
माओवादीले भरतपुरको प्रमुख र ललितपुर महानगरको उप्रमुखमा पाएको छ भने जितपुर सिमरा र घोराही उपमहानगरको प्रमुख, धरान र धनगढी उपमहानगरको उपप्रमुख पाउने भएको छ। एकीकृत समाजवादी पार्टीले पोखराको प्रमुख र काठमाडौं महानगरको उपप्रमुख पाउने भएको छ । हेटौंडाको प्रमुख, इटहरी, बुटवल र तुलसीपुर उपमहानगरको उपप्रमुख पाउने भएको छ । जनता समाजवादी पार्टी (जसपा)ले वीरगञ्जको प्रमुख र विराटनगर महानगरको उपप्रमुख, जनकपुरको प्रमुख र कलैया उपमहानगरपालिकामा उपप्रमुख पाउने भएको छ।