भेरी अस्पतालमा पनि रगत निःशुल्क !

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–५ तकियाका देवीराम थारुले आफ्नी बिरामी पत्नीका लागि निःशुल्क रगत लैजाँदै

नेपालगन्ज : लुम्बिनी प्रदेश सरकारले भेरी अस्पतालमा पनि रगत निःशुल्क गरेको छ ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.बद्री चापागाई र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका मन्त्री अजिज अहमद सिद्दिकीले आइतबार निःशुल्क रक्तसञ्चार सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सम्झौता लगत्तै बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–५ तकियाका देवीराम थारुले आफ्नी बिरामी पत्नीका लागि निःशुल्क रगत लिएका थिए । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले चौधरीलाई पहिलो निःशुल्क रगत उपलब्ध गराएका थिए । अब भेरी अस्पतालमा उपचार गराइरहेका बिरामीले ब्लड बैंकबाट रगत लैजाँदा कुनै शुल्क तिर्न नपर्ने रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए । यसअघि प्रति यूनिट रगत बापत ब्लड बैंकलाई एक हजार रुपैयाँ शुल्क तिर्नुपथ्र्यो ।