साढे ४ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिका-४ एल गाउँका २९ वर्षीय आशिष चौधरी ४ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार शुक्रबार भारतबाट नेपालतर्फ आउने क्रममा शंका लागेर चेकजाँच गर्दा कालो प्लाष्टिकको स–साना ५ पोका बनाएर राखेको अवस्थामा ब्राउन सुगर बरामद गरेर पक्राउ गरिएको हो । उनलाई थुनामा राखेर थप अनुसन्धान भइरहेको छ ।