कैलालीमा बाढीले बगाएर १ को मृत्यु, १ बेपत्ता
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीमा बाढीले बगाएर एक जनाको मृत्यु र एक जना बेपत्ता भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–१३ की २० वर्षकी युवती मृत अवस्थामा भेटिएकी छन् । उनी बाढीमा बगेर बेपत्ता भएकी थिइन् । उनको शव सशस्त्र प्रहरीको टोलीले भेटेको हो ।
भजनी नगरपालिका– ८ गोडचौराका ५५ वर्षका कालुराम चौधरी बगेर बेपत्ता भएका छन । भजनी नगरपालिका– ८ का वडाध्यक्ष पंकज चौधरीका अनुसार बाढीमा बगेर बेपत्ता भएका हुन् । पथरैया नदीमा आएको बाढी गौडचौरा गाउँमा पसेको छ । भजनी नगरपालिकाका सबैजसो वडा जलमग्न भएका छन ।
कैलालीका विभिन्न ठाउँमा झण्डै १ हजार ५०० घरधुरी बाढीले प्रभावित पारेको छ ।कैलालीको भजनी नगरपालिका ,जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिका लगायतका विभिन्न स्थानहरुमा बाढीका कारण स्थानीय प्रभावित भएका छन् । टीकापुर नगरपालिकाका बनगाउ, फाटा, भगवानपुर, भर्तापुर प्रतिपुर दुर्जनपुर लगायत एक दर्जन गाउँ डुबानम परेका छन् । त्यसै गरि भजनी नगरपालिका वडा न १ देखि ९ वडाका गाउँ डुबान भएको इलाका प्रहरी कार्यालय भजनीका जोशीपुरका प्रहरी नायब निरीक्षक चंखबहादुर कठायतले जानकारी दिए । त्यसै गरि जोशीपुर गाउपालिका पनि अधिकांश गाउँहरु डुबानका छन् ।