कैलालीमा बाढीमा बेपत्ता चौधरीको शव भेटियो

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको पथरैया नदीमामा शनिबार आएको बाढीमा बेपत्ता भएका भजनी नगरपालिका– ८ गोडचौराका ५५ वर्षका कालुराम चौधरी मृत अवस्थामा फेला परेका छन् ।
भजनी–८ का वडाध्यक्ष पंकज चौधरीका अनुसार बाढीमा बगेर बेपत्ता भएका चौधरीको शव आइतबार बिहान फेला परेको हो । शवको मुचुल्का पश्चात् पोष्टमार्टमका लागि टीकापुर अस्पताल पठाएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक धमेन्द्र खड्काले जानकारी दिए ।