नागरिकता विधेयकमा राष्ट्रपतिले राष्ट्रिय एकताको प्रर्वद्धन गर्ने दायित्व निर्वाह गनुभयो : योगेश भट्टराई

नेपालगञ्ज : नेकपा एमालेका सचिव योगेश भट्टराईले नागरिकता विधेयकमा राष्ट्रपतिले राष्ट्रिय एकताको प्रर्वद्धन गर्ने काम गरेको बताएका छन । राष्ट्रिय एकतालाई प्रर्वद्धन गर्ने जिम्मेवारी राष्ट्रपतिको हुने भन्दै उनले राष्ट्रपतिले राष्ट्रिय एकताको प्रर्वद्धन गर्ने काम गर्नुभएको दावि गरे ।
प्रेस चौतारी नेपाल बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नागरिकता विद्ययकका कारण मुलुक नै विभाजित भएको बताए । संविधानको सर्बोच्चता भएको मुलुक भएपनि राष्ट्र नै नरहने अवस्थामा राष्ट्रीयता पहिला भन्ने मनसाय राष्ट्रपतिले राखेको उनको भनाई छ ।
संसदको आयु सकिएसँगै सभामुखको पद स्वतः समाप्त भएको बताउँदै सभामुख अग्नीप्रसाद सापकोटा अहिले पनि पदमा बसिरहनु लज्जाको विषय भएको भट्टराईको तर्क थियो । २०४७ सालको संविधानमा सभामुखको पद रहने ब्यवस्था भएपनि २०७२ को संविधानमा त्यो ब्यवस्था हटिसकेकोले सभामुख सापकोटाले आफै संविधान मिच्ने काम गरिरहेको उनको आरोप छ । असोज २ गते प्रतिनिधी सभाको समानुपातिक उम्मेदवारको नोमिनेसन भइसक्दा अवपनि सापकोटा पदमा बस्नु लज्जाको विषय भएको भट्टराईको भनाई थियो ।