भ्यूटावर निर्माणमा अनियमितता भएको भन्दै तीनजना विरुद्ध भ्रष्टाचार मुद्दा
नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिर्जना सामुदायिक बन समूह कोहलपुर ४ रोहीणीका अध्यक्षसहित तीन जना उपर मुद्दा दायर गरेको छ । समुहले निर्माण गरेको भ्यु टावरमा अनियमितता गरेर सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै शुक्रबार समूहका अध्यक्ष दशरथ शर्मा पराजुली, कोषाध्यक्ष बिनुकुमारी पाण्डे र सचिव दिल माया रानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरु उपर सरकारी रकम दुरुपयोग गरी लागत अनुमान र नक्सासमेत बेगर मचान भनी असुरक्षित तथा गुणस्तरहीन भ्यूटावर निर्माण गरेको देखिएको छ । समूहले लागत इष्टिमेट, नापी किताब, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार नगरी भ्यूटावर निर्माण गरेको आरोप पत्रमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७१÷०७२ र २०७२÷०७३ मा उक्त भ्यूटावर निर्माणका लागि वन उपभोक्ता समूहले प्राविधिक विज्ञको सहयोग नलिइ १५ लाख आठ हजार ६ सय नौ रुपैयाँ खर्च गरेर गुणस्तरहीन र असुरक्षित निर्माण कार्य गरी सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गरेको अख्तियारले जनाएको छ ।
उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर देखिँदा निजहरूलाई सोही दफा १७ ले निर्देषित गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र सोही दफाको उपदफा ९१० को खण्ड ९च० बमोजिम बिगो दाबी गरिएको छ ।