डुडुवाका शिक्षकले दशैमा तलब पाएनन, शिक्षा शाखामा अनिश्चितकालिन तालाबन्दी

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका अन्तगर्त सामुदायिक विद्यालयका शिक्षकहरुले दशैंको मुखमा पनि तलब पाउन सकेका छैनन । राजनीतिक खिचातानीको कारण गाउसभा हुन नसकेपछि कर्मचारीले तलब पाउन नसकेका हुन । दशैको मुखमा पनि तलब पाउन नसकेपछि पालिका अन्तगर्त सामुदायिक विद्यालयका शिक्षकहरुले शिक्षा शाखामा तालाबन्दी गरेका छन ।
नेपाल शिक्षक महासंघ डुडुवाले आईतवार एक विज्ञप्ती प्रकाशित गरी ५ असोजमा ध्यानाकर्षण गराउँदा समेत तलब निकासाका लागि कुनै चाँसो नदिईएकोमा शुक्रबार एक दिने तालाबन्दी गरिएको जनाएको छ । एकदिने तालाबन्दी पस्चात पनि तलब भत्ता निकासाको लागि कुनै पहल नभएकोले आईतबार देखि अनिश्चितकालिन अनिश्चितकालिन तालाबन्दी गर्नुपरेको विज्ञप्तीमा जनाईएको छ । नेपालीहरुको महान पर्व विजयादशमी नजिकिदै गर्दासमेत पालिकाबाट शिक्षकको तलव निकासा नहुँदा यसपाली दशै मनाउन निकै समस्या हुने देखिएको शिक्षक राजेन्द्र सिग्देलले बताए ।