तिहारको चौथो दिन : आज गाई तिहार

नेपालगन्ज : हिन्दु धर्मालम्वीहरुले मंगलबार गाई तिहार मनाइँदैछन् । नेपाल पञ्चांग निर्र्णायक समितिका अनुसार तिहारको चौथो दिन गाई तिहार हो । अपरान्हतिर सूर्यग्रहण लागे पनि बिहान गाईको पूजा गर्न मिल्ने पण्डितहरुले बताएका छन् ।
गाईलाई पूजा गर्नाले आमाबाट पाएजस्तै माया गाईबाट पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाई जगत जननी भएकाले पनि हिन्दु संस्कार अनुसार पूजा गर्ने गरेको जनविश्वास छ । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिन्छ । बेलुकी घरघरमा देउसी खेल्ने गरिन्छ ।