नेपालगन्जमा उल्लासमय मतदान (फोटो फिचर)

नेपालगन्ज : प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन-२०७९ अन्तर्गत आइतबार नेपालगन्ज उपमहानगरपालिकाका मतदान केन्द्रमा उत्साहजक रुपमा मतदान भइरहेको छ ।

मेरो खुसीले बिहानदेखि दिउँसोसम्म नगरका आधा दर्जनभन्दा बढी मतदान स्थलमा पुगेर अवलोकन गर्दा निर्वाचनको रौनकता देखिन्थ्यो । बाँके क्षेत्र नं. २ मा पर्ने नेपालगन्ज-१२ वीपीचोक नजिक रहेको नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय परिसरको मतदान स्थल र नेपालगन्ज-४ को सल्यानी बागस्थित नेपालगन्ज कन्या माध्यमिक विद्यालय परिसरको मतदान स्थलमा ठूलो संख्यामा मतदाताको उपस्थिति थियो । जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तका अनुसार बाँके क्षेत्र नं. २ मा ९७ हजार ८०९ मतदाता छन् ।