राईभन्दा धवलको दोब्बर मतले निरन्तरको अग्रता

नेपालगन्ज : बाँकेका तीन वटै निर्वाचन क्षेत्रको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) र एमाले–राष्ट्रिय प्रजातन्त्र पार्टी गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् ।
बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा एमाले–राष्ट्रिय प्रजातन्त्र पार्टी गठबन्धनका साझा उम्मेदवार डा. धवल शम्शेर राणाले सुरुवाती चरणदेखि नै जसपाका मोहम्मद इस्तियाक राई भन्दा निरन्तर दोब्बर भन्दा बढीले अग्रता लिइरहेका छन् ।
राति ११ः३० बजेसम्मको गणना अनुसार राणाले ६ हजार ८०४ मत ल्याएका छन् । जनता समाजवादी पार्टीका मोहम्मद इस्तियाक राईले तीन हजार ४१६ मत ल्याएका छन् । तेस्रोमा नेपाली कांग्रेसका सुदिप नरसिंह राणाले यी दुई उम्मेदवारको कूल मतको आधा पनि ल्याएका छैनन् ।
त्यसैगरी बाँके क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका साझा उम्मेदवार किशोर सिंह राठौर भन्दा नेकपा एमालेका किश्मतकुमार कक्षपतिले अग्रता लिएका छन् । कक्षपतिको तीन हजार ९३३र राठौैरको तीन ५०८ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका देवेन्द्रनाथ शुक्लाको एक हजार २८६ रहेको छ । बाँके क्षेत्र नं. १ मा एमालेका सूर्य ढकालले अग्रता लिएका छन् । ढकालले २ हजार ३८ मत र नेकपा (माओवादी केन्द्र)का महेश्वर गहतराज ‘अथक’ले एक हजार ३१९ मत ल्याएका छन् ।